नेकपा माओवादी केन्द्रले खुम्बु पासाङल्हामूबाट सुरु गर्‍यो गाउँपालिका सम्मेलन



सोलुखुम्बु । जिल्लाका विभिन्न स्थानीय निकायहरुमा टोल भेला गठनलाई निरन्तरता दिंदै आएको नेकपा माओवादी केन्द्रले शुक्रवारबाट गाउँपालिका सम्मेलनको सुरुवात गरेको छ।पुषमा आयोजना हुने पार्टीको राष्ट्रिय सम्मेलनलाई दृष्टिगत गर्दै घोषित मितिमै गाउँ सम्मेलन सम्पन्न गर्नका लागि सोलुखुम्बुमा खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट सो पार्टीले गाउँपालिका सम्मेलनको सुरुवात गरेको हो।

सर्बोच्च शिखर सगरमाथाको प्रवेशद्वार खुम्बु पासाङल्हामुबाट सुरु भएको माओवादी केन्द्रको गाउँपालिका सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समितिका सचिब अशिम राईले गर्नुभएको हो।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका निर्बाचित अध्यक्ष समेत रहनुभएका राईले सम्मेलनको उद्घाटन गर्दै देश बिकास र समृद्धिका लागि नेकपा माओवादी केन्द्रको विकल्प नरहेको बताउनुभयो।

नेकपा माओवादी केन्द्र खुम्बु पासाङ ल्हामु गाउँपालिका इन्चार्ज नाम्गेल शेर्पाको बिशेष आतिथ्यतामा सम्पन्न सो सम्मेलनले दिपक भुजेलको नेतृत्वमा ३३ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ।कमिटीको उपाध्यक्षमा मिना शेर्पा,सचिबमा दुर्गा राई,सहसचिवमा फुनुरु शेर्पा र कोषाध्यक्षमा फुलमाया तामाङ रहेका छन् ।

सोही सम्मेलनले सन्जय श्रेष्ठको संयोजकत्वमा २७ सदस्यीय योङ कम्युनिष्ट लिग खुम्बु पासाङल्हामू गाउँपालिका कमिटी समेत गठन गरेको छ।सम्मेलनमा नेकपा एमालेका स्थानीय नेताद्वय सन्जय श्रेष्ठ र लोकबहादुर तामाङको नेतृत्वमा झन्डै ५ दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ।नव प्रबेशीहरुलाई प्रमुख अतिथि राईले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्