अग्रगमनकारी भन्दै माधव नेपालले गरे प्रधानन्यायाधीश राणाको प्रशंसा

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराको भूमिकाको प्रशंसा गर्दै माहाअभियोग बारेमा कुनै छलफल नभएको बताउनु भएको छ ।

शनिबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानन्यायधीशको भूमिका प्रतिगमनका विरुद्ध,अग्रगमनको पक्षमा र संविधान रक्षा साथै ओली प्रवृत्तिको विरुद्धमा देखिएको भन्दै प्रशंसा गर्नुभएको थियो । उहाँले न्यायधीशहरूको सकारात्मक भूमिका भएका कारण केपी ओलीको तानाशाहीले संविधान समाप्त पार्ने र मुलुकलाई संकटमा पार्ने कुराबाट जोगिएको धारणा राख्नुभयो ।
अध्यक्ष नेपालले केपी ओलीले पाँचै जना न्यायधीसलाई पदमा बस्ने अधिकार नभएको भनेर दिएको अभिब्यक्ति न्यायपालिकाको स्वतन्त्र निर्णय गर्ने अधिकार माथिको हस्तक्षेप भएको आरोप लगाउनुु भयो ।
संचार कर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष नेपालले प्रदेश १ मा राजेन्द्र राइको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दावी गर्नु भएको छ । उहाँले प्रदेश १ केपी ओलीको अन्तिम गढ भएकाले यसलाई भत्काएर छाड्ने बताउनुभयो ।

