डिजिटल पालिका बनाउने थुलुङ दुधकोशीको सपना बिपनाको नजिक पुगेको अध्यक्ष राईको भनाई



सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले डिजिटल पालिका बनाएर आम नागरिकलाई छिटो छरितो सर्वसुलभ सेवा प्रवाह गर्ने आफ्नो सपना बिपनाको नजिक पुगेको बताएका छन् ।

थुलुङ दुधकोशी गाउँपालिकाको विद्युतीय माध्यमबाट ( विद्युतीय भुक्तानीसमेत) सेवाप्रबाह शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आईतवार अध्यक्ष राईले सो कुरा बताएका हुन। गाउँपालिकाले हाल सम्म विद्युतिय माध्यमबाट १ लाख २३ हजार १ सय ४३ रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिंदै अध्यक्ष राईले थुलुङ दुधकोशी विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने देशैभरिका गाउँपालिकामध्ये पहिलो गाउँपालिका बनेको दावी समेत गरे।

प्रतिक्रिया दिनुहोस्