खोटाङ : टीका लगाउन ससुराली आएका संखुवासभाका एक ब्यक्तिको भीरबाट खसेर मृत्यु



दिक्तेल।खोटाङको दिक्तेलमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ।

संखुवासभाबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाउन गएका ४९ वर्षीय लेखबहादुर राउतको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

ससुरालीमा टीका लगाएर संखुवासभा घर फर्किंदै गर्दा बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्