थुलुङ दुधकोशी : बोलेरो दुर्घटनामा सात घाइते, दुईको अवस्था गम्भीर

सोलुखुम्बु।जिल्लाको थुलुङदुधकोशी गाउँपालिका ६ मुक्ली देम्बुटारमा बोलेरो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा नेचासल्यान गाउँपालिका २ का चालक ३५ बर्षीय प्रकाश राई र थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीकी ३२ बर्षीया जुनिता राई, थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीका ४० बर्षीया जुनीता श्रेष्ठ, १५ बर्षीया सृजना श्रेष्ठ, २२ बर्षीया मिना श्रेष्ठ, ५० बर्षीया विमला श्रेष्ठ र ४० बर्षीया ज्ञानु कार्की छ्न्। घाईते मध्ये दुई जनाको काठमाडौं र अन्य ५ जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक कबित कट्वालले जानकारी दिए।
मुक्लीबाट नेलेका लागि छुटेको बा २१ च १०९ नम्बर बोलेरो मंगलबार विहान देम्बुटारमा दुर्घटना भएको थियो। उक्त बोलेरो ब्रेक फेल भएर सडकबाट करिब एक सय मिटर तल झरेको कटवालले जानकारी दिनुभयो ।

