सोलुखुम्बु :अनेरास्ववियुले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने



सोलुखुम्बु।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सोलुखुम्बुले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेपालीहरुको बडादशैं, शुभ दिपावली तथा छ्ठ पर्वको अवसरमा आयोजना गरिने कार्यक्रम बिगत वर्षहरुमा भन्दा फरक र नयाँ ढंगबाट गर्न लागिएको अनेरास्ववियु प्रचार बिभाग प्रमुख मिलन नाछिरिङले जानकारी दिए।

बिगतमा जिल्ला केन्द्रित हुने गरेको चियापान तथा शुभकामना आदानप्रदान यस बर्ष सोताङ गाउँपालिकास्थित नेकपा एमाले पार्टी कार्यलय र नेचा सल्यान गाउंपालिकाको सभाहलमा गरिने उनले बताए।

मंगलबार आयोजना हुने कार्यक्रममा नेकपा एमाले, जनवर्गीय संगठन, अनेरास्ववियु जिल्ला कमिटीका नेताहरु क्याम्पस कमिटी, उच्च माध्यमिक विद्यालय, माध्यमिक विद्यालय कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई उपस्तिथिका लागि आग्रहसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्