नवरात्रको अवसरमा प्रशान्ति एकेडेमीले गर्‍यो दुर्गा पुजा



काठमाडौं।प्रशान्ति एकेडेमी बुनपा १२ कपनले आफ्नो विद्यालयमा दुर्गा माताको मन्दिर स्थापना गरि पुजाआजा गरेको छ।

अभिभावक र विद्यार्थीहरुको उपस्तिथिमा नवरात्रको दोस्रो दिन शुक्रबार वैदीक मन्त्र उच्चारण सहित नयॉ मुर्ति स्थापना गरि भवानीको विशेष पुजा गरिएको हो।
सो अवसरमा पुजाअर्चनाका साथमा भजनकिर्तन र सांस्कृतिक नृत्यहरु समेत प्रदर्शन गरिएको थियो।

दशै अगाडीको अन्तिम ‘स्कुल डे’ मा राखिएको उक्त विशेष पुजाआजाको कार्यक्रम विद्यार्थीहरुलाई धर्म, कला र संस्कृतिको ज्ञान दिलाउने उद्देश्यले आयोजना गरिएको प्रिन्सिपल समिर वास्तोलाले वताए। ुविगतका वर्षहरुमा पनि विद्यालयले ठूलो लिंगे पिगं लगाइ अनुभव प्रदान गर्ने, चंगा उडाई प्रतियोगिता गर्ने गरिएको थियो । यो पटक भने मन्दिर स्थापन गरेरै धार्मिक कार्यवाट ज्ञान दिलाउं भन्ने अभिप्राय होु बांस्तोलाले भने। यसले विद्यार्थीको प्रयोगात्मक शिक्षामा पनि हौसला वढेको उनले वताए। आगामी वर्षहरुमा पनि यस्तै विभिन्न नयॉ प्रयोग गर्दै जाने जानकारी पनि उनले दिए ।

कार्यको तयारी गरि सम्पन्न गर्ने समूहलाई वधाई तथा धन्यवाद दिंदै उनले विद्यालयले आगामी दिनमा पनि विभिन्न धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी र प्रवर्द्दनात्मक कार्यक्रमहरु हुने जानकारी दिए।विजया दशमी तथा दीपावली २०७८ को शुभकामना ज्ञापन गर्दै कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुलाइ गुरुज्युवाट टीका र जमरा समेत लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्