१२ विद्यार्थीसहित १८ जनाले गरे सोलुखुम्बुको मेरापिक हिमाल आरोहण



इटहरी । नेपाल माउन्टेन एकेडेमीका १८ जनाले सोलुखुम्बुको ‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण गरेका छन् । एकेडेमीकाे पहिलो ब्याचका विद्यार्थीहरुसहितको १८ जनाले अध्ययन आरोहणकै क्रममा ‘मेरा पिक’ हिमालको आरोहण गरेका हुन् । पछिल्ला तीन हप्तामा विद्यार्थीहरु मेरा पिक क्षेत्रको अध्ययन तथा आरोहणमा थिए ।

हिमाल आरोहण सम्बन्धी स्नातक कोर्स बिएमएस संचालन गर्ने विश्वको प्रथम एकेडेमीका १५ विद्यार्थीसहित २१ जनाको टोली अध्ययन आरोहणमा निस्किएका थिए । तीन जना भने चुचुरो मुनिबाट फिर्ता भएको एकेडेमी संचालक समिति सदस्य तथा गाइड छिरिङ जाङ्बु शेर्पाले बताए ।

शेर्पाका अनुसार ५८ सय मिटर उचाइको हाइ क्याम्पबाट बिहान ३ बजे सुरु आरोहण दल चुचुरोमा ९ः४८ मा पुगेको थियो । १८ जना चुचुरो पुग्नेहरुमा १२ जना विद्यार्थी छन भने ६ जना शैक्षिक तथा व्यवस्थापिकय क्षेत्रका व्यक्तित्वहरु छन ।

१२ विद्यार्थीहरुमा अनिश दाहाल, सन्जय भट्ट, सौरव नेपाल, प्रान्जल पोखरेल, अनुप्रस्त पौडेल, पासाङ नुरु शेर्पा, निरेन महर्जन, डोल्मा लामा, प्रशान्त राउत, पोशन शाही, सुसान्त ढुंगेल र अशोक नेपाल छन् ।

यस्तैगरी, एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, निर्देशक उत्तम भट्टराई, संचालन समिति सदस्य तथा गाइड छिरिङ जाङ्बु शेर्पा, माउन्टेन गाइड लाक्पा शेर्पा तथा हरेराम खड्का र अक्याडेमिक सुपरभाइजर डाक्टर बसन्त पौडेलले आरोहण गरेका थिए ।

६४७० मिटर उचाइको मेरा पिक मकालु बरुण राष्ट्रिय निकुन्ज अन्तर्गत सोलुखुम्बुको महाकुलुङ गाँउपालिका-१ मा पर्छ । नेपालको सबैभन्दा अग्लो टे«किङ पिक मेरा पिकको आधार शिविर ४९०० मिटर उचाइमा रहेको छ ।

खारेजमा भने केही लजहरु रहेको नेपालको ऐतिहासिक सगरमाथा मापनमा सहभागी गाइड छिरिङ जाङ्बु शेर्पाले जानकारी दिए । उनले भने, ‘यो आरोहण एक आम आरोहण नभएर अध्ययन प्रयोजनका क्रममा भएको कुनै विश्वविद्यालयका सम्पुर्ण कक्षका विद्यार्थीहरु सहभागी भएको पहिलो आरोहण पनि हो ।’

२०५९ जेठ १६ मा नेपाल सरकारको निर्णय अनुसार राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल माउन्टेन एकेडेमी स्थापना भएको हो । २०७४ माघ १० गते त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको निर्णयबाट अक्याडेमीले विश्वकै पहिलो हिमाल आरोहण बारेको विश्वविद्यालयिय शिक्षाको स्नातक कोर्स बिएमएसको सम्बन्धन पायो । २०७५ कात्र्तिकबाट कक्षा संचालन भएको थियो ।

बिएमएसमा हिमालको अध्ययन र आरोहणसँगसँगै हुने एकेडेमीकी प्रमुख लाक्पा फुटि शेर्पा बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्