माओवादी केन्द्रबाट मन्त्री चयन भए यी भाग्यमानी

सो बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेशजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको साहले बताए। त्यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने माओवादी केन्द्रले निर्णय गरेको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री रहेका छन्। शर्मा अर्थमन्त्री हुन् भने भुसाल उर्जामन्त्री हुन्।

