यी तीन बैज्ञानिकले पाए भौतिक बिज्ञानतर्फको नोबेल पुरस्कार



विश्वको सर्वाधिक प्रतिष्ठित र सबैभन्दा बढी धनराशिको नोबेल पुरस्कार मंगलबार भौतिकशास्त्रतर्फका लागि तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ।

नोबेल पुरस्कार कमिटीले मंगलबार भौतिकविज्ञानतर्फका तीन जना वैज्ञानिकलाई पुरस्कार दिने घोषणा गरेको हो।

स्युकुरो मानाबे र क्लाउस ह्यासलम्यानलाई जलवायु विज्ञानको फिजिकल मोडेलिङका लागि आधा रकम दिइनेछ भने अर्का वैज्ञानिक जिओर्जिओ पारिसीलाई ग्रह तथा अणुहरुसम्मको डिस्अर्डर र फ्ल्क्चुएसनबीचको सम्बन्धबारेको खोजका लागि आधा रकम दिइनेछ।

यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्