सोलुखुम्बु : लिखुपिके कांग्रेस सभापतिमा आङगेलु निकट सुरज बस्नेत बिजयी

राजेन्द्र बस्नेत
सोलुखुम्बु । नेपाली कांग्रेस लिखुपिके गाउँपालिकाको सभापतिमा सभापतिमा सुरज बस्नेत निर्बाचित भएका छन।

नेपाली कांग्रेसको १४ महाधिवेशनका क्रममा मंगलबार सम्पन्न गाउँपालिका अधिबेशनमा भएको निर्बाचनमा प्रतिद्वन्द्वी मिना कार्की बस्नेतलाई पराजित गर्दै उनी सभापति निर्बाचित भएका हुन। निर्बाचनमा सुरजले ५५ मत र मिनाले ३९ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ।
उपसभापतिमा दुर्गा बहादुर बस्नेत र नारायण बहादुर बस्नेत तथा सचिवमा भिमसेन बस्नेत र अम्बर बहादुर बस्नेत भने निर्विरोध निर्बाचित भएका थिए।
सभापति निर्बाचित बस्नेत पूर्बसभापती आङगेलु शेर्पा र प्रतिद्वन्दी मिना केन्द्रीय सदस्य बलबहादुर केसी निकट मानिन्छन।

