नेपाली कांग्रेसले परिवर्तन गर्‍यो महाधिवेशन कार्यतालिका, स्थानीय अधिबेशन असोज ९ गतेदेखि



काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका फेरि पनि संशोधन गरेको छ।

कतिपय जिल्लामा वडा अधिबेशन सम्पन्न भइ सके पनि बांकी २० जिल्लाको क्रियाशील सदस्यताको सूची अझै सार्वजनिक गर्न नसकेपछि सो पार्टीले सातौं पटक गाउँपालिकार नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाको अधिवेशन पछि सारेको छ। भदौ २७ गतेका लागि तोकिएको स्थानीय तहको अधिवेशन वडा अधिवेशन सकाएर मात्रै गर्न लागिएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज एक विज्ञप्ति जारी गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएका जिल्लाको हकमा वडा अधिवेशन आगामी असोज ५ गते हुने भएको छ।

त्यस्तै, गाउँ/नगरपालिका अधिवेशन असोज ९ गतेका लागि सारिएको छ। प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गतेका लागि सारिएको छ।

त्यसैगरी, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते हुने भएको छ। प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते तथा केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ।
मुक्ति

प्रतिक्रिया दिनुहोस्