गृहको कार्य सम्पादन मूल्यांकन : झापा, अर्घाखाँची र रुकुम पूर्व जिल्ला प्रथम



काठमाडौं।गृह मन्त्रालयसँग सम्झौता भएको कार्यसम्पादन मूल्यांकनका आधारमा आर्थिक वर्ष २०७७/७८ तीन जिल्ला अति–उत्कृष्ट अंकसहित प्रथम हुन सफल भएका छन् ।

मन्त्रालयले विभिन्न ६ वटा विषयगत क्षेत्र तोकेर गरेको कार्यसम्पादन सम्झौता कार्यान्वयनका आधारमा
झापा, अर्घाखाँची र रुकुम पूर्व जिल्ला प्रथम हुन सफल भएका हुन।

शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय, सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनको मापनका आधारमा
मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार ललितपुर र रुकुम पश्चिम उत्कृष्ट कार्यसम्पादनसहित दोस्रो तथा गृल्मी जिल्लाले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । अन्य ११ जिल्ला भने उत्कृष्ट कार्य सम्पादनस्तर रहेको जिल्ला घोषणा भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

मन्त्रालका अनुसार १८ जिल्ला उत्तम, २१ जिल्ला मध्यम र २१ जिल्ला न्यून कार्य सम्पादनस्तर भएको जिल्लाको सूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्