कांग्रेस सभापति देउवापुत्र जयबीर, र स्वर्गीय खुमबहादुरपुत्र अनुराग पनि प्रवेश गरे राजनीतिमा

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशनका क्रममा हुने वडा अधिबेशनमार्फत उनीहरु कांग्रेसको राजनीतिमा औपचारिक रुपमै प्रवेश गरेका हुन। खड्का पुत्र अनुराग खड्का दाङको लमही नगरपालिका- ८ बाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् भने देउवा पुत्र जयबीर सिंह देउवाले गृह जिल्लाबाट क्रियाशिल सदस्यता प्राप्त गरेका हुन।
क्रियाशील सदस्यतामा सभापति देउवाले मनोमानी गरेको भन्दै तीब्र विवाद भइ रहेका कारण सो जिल्लामा वडा अधिबेशन हुन नसक्दा जयबीर क्षेत्रीय प्रतिनिधि चयन भने हुन सकेका छैनन् । तर,वडा अधिबेशन हुंदा उनी क्षेत्रीय प्रतिनिधि हुने निश्चित भएको स्थानीय नेताहरूको भनाइ छ।
देउवानिकट एक नेताका अनुसार उनलाई क्षेत्रीय प्रतिनिधि हुँदै स्थापित गर्ने योजनासहित राजनीतिमा प्रवेश गराइएको हो ।बेलायतस्थित युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

