महिलाहरूको प्रदर्शनमा तालिबानले गर्‍यो दमन



अफगानिस्तानको राजधानी काबुलमा दर्जनौं महिलाले अधिकारको माग गर्दै गरेको प्रदर्शनमा तालिबान अधिकारीहरूले दमन गरेका छन् ।

तालिबानले आफूलाई अश्रूग्यास र खुर्सानीको धूलोले आक्रमण गरेको महिला समूहको भनाइ छ । तर प्रदर्शन नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन यो कदम चालेको तालिबानले बताएको छ । काबुल र हेरातमा महिलाहरूले विभिन्न विरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले काम गर्न पाउनुपर्ने र सरकारमा समावेश गराइनुपर्ने माग राखेका छन् । तालिबानले सरकारको घोषणा केही दिनमा गर्ने बताएको छ ।

महिलालाई सरकारमा राखिने तर मन्त्रीपद नदिइने तालिबानको भनाइ छ । तालिबानले सन् १९९६ देखि २००१ सम्म सत्ता चलाउँदा महिलाहरूमाथि गरेको दमन दोहोर्‍याउने डर छ । त्यतिखेर महिलाले घरबाहिर निस्कँदा अनुहार छाृप्नुपर्थ्यो र सानो कुरामा पनि कठोर सजाय दिइन्थ्यो ।

प्रदर्शन गरिरहेकी एक महिला सोरायाले रोयटर्स समाचार संस्थालाई बताइन्, ‘उनीहरूले महिलाहरूलाई बन्दूकको कुन्दाले हिर्काए र महिलाहरू घाइते भए ।’

प्रतिक्रिया दिनुहोस्