एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनु भएको छ।

शुक्रबारदेखि वहाँलाई सामान्य ज्वरो आएको वंहाका प्रेस संयोजक रामशरण बजगाईंले दिनुभयो । बजगाईंका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीको पार्टीका विभिन्न कार्यक्रम र भेटघाट शुक्रबारदेखि नै रोकिएको छ ।
ओली अहिले बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहनुभएको छ। धेरै धपेडीका कारण वहाँ अस्वस्थ्य हुनुभएको अनुमान गरिएको छ।वहाँ पछिल्लो समय पार्टी गतिविधिमा निकै सक्रिय हुँदै आउनुभएको थियो।

