सोलुखुम्बु : घोषणा भएको भोलिपल्टै एकीकृत समाजबादीमा बिद्रोह, कट्टेलले जनाए कडा आपत्ती

सोलुखुम्बु । नेकपा एमालेका नेता थिरप्रसाद कटेलले नवगठित नेकपा (एकीकृत समाजबादी) मा आफ्नो संग्लनता र समर्थन दुबै नरहेको बताएका छन् ।

नेकपा एमाले सोलुखुम्बुको समानान्तर कमिटीलाई नेकपा (एकीकृत समाजबादी)मा समाहित भएको घोषणा गरिएको भोलिपल्ट शुक्रबार सामाजिक सन्जालमार्फत नेपाल निजामती कर्माचारी संगठनका पूर्बअध्यक्ष कटेलले सो कुरा बताएका हुन्।एकीकृत समाजबादीले बिहिवार कटेलसहित ७ जनालाई जिल्ला कमिटीमा थप गरिएको जनाएको थियो।

तर सो पार्टीले आफुलाई जानकारी नै नदिई जिल्ला कमिटी सदस्यका रूपमा आफ्नो नाम घोषणा गरेको उनको भनाइ छ । आफुसंग कुनै सरसल्लाह नै नगरी जिल्ला कमिटी सदस्यमा नाम घोषणा गरिएकोप्रती उनले आपत्ति समेत जनाएका छन् ।
एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर कमिटी घोषणा गर्दा यसअघि पनि धेरैले आपत्ति प्रकट गरेका थिए।त्यतिबेला समानान्तर कमिटीको सदस्यका रूपमा घोषणा गरिएका दुई तिहाई भन्दा बढी सदस्य अहिले नेकपा एमालेमै सक्रिय छन् । उता सो पार्टीले सचिवालय सदस्यमा कतिपय शिक्षकहरुलाई समाबेश गरेको भन्दै सामाजिक सन्जालमा तीब्र बिरोध भइ रहेको छ।

