बामदेव गौतमले गरे माधव नेपालको पार्टीमा नजाने घोषणा,यस्तो रहेछ कारण



काठमाडौं।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेब गौतमले आफू अब माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीमा सामेल हुन नसक्ने बताएका छन् ।

नेपालले हालैमात्र निर्बाचन आयोगमा दर्ता गराएको नेकपा एकीकृत समाजबादीले नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै आएको जनताको बहुदलीय जनवाद पार्टी विधानबाट हटाएपछि आफू उनको पार्टीमा जाने ढोका पूर्ण रूपमा बन्द भएको गौतमले बताए ।हामीले मार्क्सबाद,लेनिनवाद र जनताको बहुदलीय जनवादलाई पार्टीको निर्देशक सिद्धान्तका रूपमा मान्दै आयौं तर उनलेे जनताको बहुदलीय जनवाद हटाएछन्,आफुले बिकास र बिस्तारका लागि योगदान गर्दै आएको सिद्धान्त नै नमान्ने भएपछि उनको पार्टीमा जान सक्ने अवस्था रहेन,गौतमले भने।गौतमले माधव नेपालहरुले आफ्नो चरित्रहत्या गरेको आरोप समेत लगाएका छन् ।

माधव नेपालको पार्टीले जनताको बहुदलीय जनवाद हटाएर आफुलाई धोका दिएको भन्दै यसअघि प्रदीप नेपालले पनि नवगठित एकीकृत समाजबादी त्यागेको घोषणा गरेका थिए।सो पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्तबाट जबज हटाएर मार्क्सबाद र लेनिनवादमात्रै उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्