देशभरका सबै वडामा एकैदिन अधिबेशन गर्ने देउवा-पौडेल सहमति ,जिल्ला सभापतिको अनशन तोडिने

काठमाडौं।नेपाली कांग्रेसमा देशका सबै (७७ वटै) जिल्लामा एकसाथ वडा अविधेशन गर्ने सहमति भएको छ।

चाक्सीबारी स्रोतका अनुसार शुक्रबार राति प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भएको भेटमा देशभरका सबै वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको हो।त्यही सहमति कार्यान्वयन गर्न पौडेल पक्ष पुनः चाक्सीबारीमै शनिबार बिहानैदेखि छलफलमा जुटेको छ।
हिजो शुक्रबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास (चाक्सीबारी) मै बसेको पौडेल पक्षको बैठकले भदौ १८ गतेका लागि निर्धारित वडा अधिवेशन ७७ वटै जिल्लामै एकसाथ गर्नुपर्ने, आन्दोलनरत जिल्ला सभापतिहरूका माग सम्बोधन गर्न सभापति देउवालाई दबाब दिने निर्णय गरेको थियो।
कांग्रेसका पौडेलपक्षीय जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्नेलागयत तीनबुँदे माग राखेर यही भदौ ९ देखि रिले अनशनमा छन्।

