माधव नेपालले दिए दोश्रो पुष्ताका नेताहरूलाई हुतिहाराको संज्ञा



काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफुलाई साथ नदिएका दोश्रो पुस्ता का नेताहरूलाई हुत्तिहाराहरुको संज्ञा दिइएका छन् ।

निर्बाचनबाट आफ्नो दलले औपचारिक मान्यता पाएको भोलिपल्ट राजधानीमा पत्रकारसम्मेलनको आयोजना गरेर दोश्रो पुष्ताका नेताहरुलाई सो संज्ञा दिएका हुन्।उनले अहिले छोडेर जानेहरूले नै यसअघि निर्बाचन आयोगमा नयाँ दल दर्ता गराएको आरोप पनि लगाए।तर कुनै गुनासो छैन नेपालले भने,-‘हिम्मत नभएकाहरु अरुको पछि लतारिने तर क्रान्तिकारीहरु अघि बढ्ने हो’

लामो समयसम्म आफ्नो समूहमा रहेर अन्तिम समयमा साथ नदिएका नेताहरुप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘हिम्मत नभएकाहरु अरुको पछि लागिरहन्छन्। अरुको पछि लतारिन्छन्। क्रान्तिकारीहरु अगाडि बढ्छन्। इतिहासमा यस्तो हुनेगर्छ। यो कम्युनिष्ट पार्टी पुनर्गठनको योजना हो।’एमालेमा पीडित भएका देशभरका कार्यकर्ताहरुले आफूलाई साथ दिइरहेको नेता नेपालको भनाइ छ।

उनले भने, ‘एमालेमा पीडित भएका सबै मेचीदेखि महकालीसम्मका, तराईदेखि पहाडसम्मका सबै कार्यकर्ता हामीसँग छन्। स्थानीय तहका नेता कार्यकर्ता समावेश हुँदै गएका छन्। लामो यात्रामा कोही आउँछन्, जान्छन्, कोही थाक्छ्न्।’

नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने जानकारी समेत पत्रकार सम्मेलनमा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्