महन्थको लोसपा निर्बाचन आयोगमा दर्ता
जनता समाजवादी पार्टी ९जसपा० फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० ले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ । बुधबार साँझ आयोगले महन्थ ठाकुर नेतृत्वको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।

ठाकुर पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।
जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टी विहिन अवस्थामा पुगेका महन्थ ठाकुर पक्षका नेताहरुले सरकारले २० प्रतिशत पु(याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुले सनाखत गरेसँगै सो पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाएको हो ।

