सभापति देउवालाई बुझाईयो क्रियाशिलको सुची,विवाद टुंगिएको नेताहरुको दावी



काठमाडौँ- नेपाली कांग्रेसमा अन्तत: क्रियाशील सदस्यता विवाद टुंगिएको छ।

सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै बुढानीलकण्ठस्थित देउवा निवासमा स्भापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन्। क्रियाशील विवादको समाधानका लागि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरु उपस्थित थिए।

कांग्रेसले भदौ १८ देखि वडा अधिवेशनको मिति तय गरेको छ। क्रियाशील सदस्यता विवाद टुंगिएपछि अब अधिवेशनको मार्ग प्रसस्त भएको छ। कांग्रेसले मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्