यस्तो छ माओवादी केन्द्र केन्द्रीय कमिटीको निर्णय

काठमाडौं।नेकपा माओवादी केन्द्रले कम्युनिस्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि पहल तथा वार्ता गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

शनिबार र आइतबार माओवादी केन्द्रको कार्यालय पेरिस डाँडामा भएको केन्द्रीय कमिटी बैठकमा कम्युनिस्ट पार्टीले यस्तो कदम अगाडि बढाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ ।
माओवादी केन्द्रले प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकेको छ । कर्णालीको इन्चार्ज शक्ति बस्नेतलाई तोकिएको छ भने सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

