तपाईं हाईड्रोपावरको सेयर भर्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी १६ बिषयमा



काठमाडौं।हाइड्रोपावरहरुको नियामक निकाय विद्युत नियमन आयोगले विगत केहि दिनदेखि विभिन्न सञ्चार माध्यममा केहि बिद्युत कम्पनीका प्रवद्र्धकले सेयर मूल्यमा अस्वभाविक बृद्धि गराउने कार्यमा संलग्न भएका कारण हाइड्रोवावर कम्पनीहरुको सेयर मूल्य बढेको भनि आएका समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार एक सुचना जारी गर्दै आयोगले सुचिकृत कम्पनीले जानकारी तथा विवरणहरु सार्वजनिक गर्दा सत्य तथ्य जानकारी गराउनु पर्ने र कम्पनीमा लगानी गर्दा लगानीकर्ताहरुले पनि अध्ययन गरेर लगानी गनुपर्नै सुझाव दिएको छ ।

हरेक किसिमका लगानीमा भिन्न भिन्ने जोखिमहरु हुन सक्ने भन्दै आयोगले लगानीकर्ताहरुलाई लगानीगर्दा हुने संभावित नाफाको मूल्याकंन गर्दा त्यसंगै आउने संभावित जोखिमको समेत आकलन गरी लगानीगर्ने लगानीकर्ताको नै जिम्मेवारी भएको भन्दै संयमित भएर लगानी गर्न आग्रह गरेको छ ।

आयोगले लगानीकर्ताहरुलाई पनि लगानी गर्दा सत्य तथ्य बुझेर , कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ । आयोगले विभिन्न १६ वटा विषयको अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ ।

आयोगले लगानीकर्ताहरुलाई हाइड्रोपावर कम्पनीहरुमा लगानी गर्नु पुर्व निम्न कुराहरुमा ध्यान दिन अनुरोध गरेको छः

१.कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम भए/नभएको
२. सेयर बजार मूल्य र प्रतिसेयर आम्दानीको अनुपात कम भए/नभएको
३. चालु सम्पती र चालु दायित्वको अनुपात धेरै भए/नभएको
४. तरलता अनुपात धेरै भए/नभएको
५. निर्माणाधीन आयोजनाको हकमा कार्यप्रगती धेरै भए/नभएको
६. निर्माणाधीन आयोजनको बिद्युत प्रवाह गर्ने नेपाल बिद्युत प्राधिकरणको प्रसारण लाईनको कार्य प्रगती हेर्दा सो प्रसारण लाईन आयोजना भन्दा ढिला सम्पन्न हुने/नहुने देखिएको ।
७. आयोजनको कार्यप्रगती हिसावले ब्यापारिक उत्पादन गर्नुपर्ने मितिसम्म आयोजनको निर्माण हुन सक्ने/नसक्ने
८. आयोजनले बैंक तथा वित्तिय संस्थाको ऋणको किस्ता वा ब्याज समयमा तिरिरहेको/नरहेको
९. आयोजनको सञ्चित मुनाफा अधिक रहेको/नरहेको
१०.विगतमा कम्पनीले उचित मुनाफा वितरण गर्ने गरेको/नगरेको
११. कम्पनीको व्यवस्थापनसंग बिद्युत उत्पादनको अनुभन भए/नभएको
१२. आयोजनाले पुर्णक्षमतामा बिद्युत उत्पादन गरिरहेको/नगरिरहेको
१३. कम्पनीको लेखापरिक्षण प्रतिवेदनमा लेखा परिक्षकको नोटमा लेखिएका बुँदाहरु
१४. आयोजनाको प्रतिमेगावाट लागत अन्य कम्पनीका आयोजनसंग तुुलनिय रहेको/नरहेको
१५. ऋण तथा स्वःपुँजीको अनुपात
१६. कम्पनीले लिएको ऋणको ब्याजदर उच्च रहेको/नरहेको

प्रतिक्रिया दिनुहोस्