कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधबार बस्ने
काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

संसदमा देखिएको गतिरोधसहितका समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले आगामी बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको हो ।सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले निष्पक्ष अनुसन्धानका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।
सोमबार कांग्रेससहित विपक्षी दलको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका छन्।कांग्रेसले यसलाई संसदीय मूल्य र मान्यताविपरीत भनेर टिप्पणी गरेको छ ।
साथै, समामुख देवराज घिमिरेले पनि पार्टी कार्यकर्ताको भूमिका निभाएको आरोप कांग्रेसले लगाएको छ ।

