कांग्रेस महामन्त्री थापाले बिदेशीलाई देशका गोप्य सूचना बेच्ने गरेको गृहमन्त्री लामिछानेको आरोप
काठमाडौ।उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापा माथि गम्भीर आरोप लगाएको छन्। आइतबार बेलु्का प्रतिनिधि सभालाई सम्बोधन गर्दै लामिछानेले महामन्त्री थापाले नेपालको सूचना बिदेशीलाई बेच्ने गरेकोदेखि कृषि अनुदान अपचलन गरेकोसम्म आरोप लगाए।

सहकारी ठगि प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन समिति गठन गर्नुपर्ने मुद्दालाई जोडदार रूपमा उठाउंदै आएका महामन्त्री थापातर्फ लक्षित गर्दै लामिछानेले भने-देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेक्टहरूलाई पनि बाहिर पठाउनुपर्ने बताए।‘देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेक्टहरूलाई पनि बाहिर पठाऔँ। त्यो जतिसुकै शक्तिशाली होस्, यो देशको मन्त्री होस्, वा पार्टीको महामन्त्री होस्।’
०५५ सालमा गगन थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा ३० लाख रुपैयाँ बेरुजु भएको महालेखा प्रतिवेदनमा उल्लेख रहेको, त्रिभुवन विश्वविद्यालयको वेबसाइट बनाउने भनेर पैसा लिएको तर नबनाएको, नुवाकोटमा बाख्रा पाल्ने भनेर थापाले १५ करोड अनुदान लिएको र स्वास्थ्यमन्त्री हुँदा थापाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउन प्राध्यापकसँग १४ करोड रुपैयाँ घुस खाएको भन्दै समाचार प्रकाशित भएको लामिछानेको भनाई थियो।

