पार्टी बिभाजन हुंनै लाग्दा एमाले उपाध्यक्ष भीम रावलले लेखे कविता ‘प्रवृत्ति फेरिनु पर्छ’



प्रवृत्ति फेरिनु पर्छ !

-भीम रावल

पात्र मात्र फेरिदैमा हुँदैहुन्न, प्रवृत्ति फेरिनुपर्छ
मीठा शब्दजालहरुमा हाईन, व्यवहारमा हेरिनुपर्छ,
स्वर्थहरुको परिभाषा राष्ट्रिय हितमा खोजिनुपर्छ
व्यक्ति विशेषको तुष्टी होइन, सामुहिक भलाइ रोजिनु पर्छ ।

विभाजित दल, समाज र देश होइन एकता जोगिनु पर्छ
पद, प्रतिष्ठा र अहंकारका पर्खालहरु सर्वत्र तोडिनु पर्छ,
विगतमा हिडेका पाइलाका डोबहरु गम्भीररुपमा खोजिनुपर्छ ।
आफ्नै सिर्जना र कोरेका बाटो ठण्डा दिमागले बुझिनुपर्छ ।

मातृभूमिको चित्कार र पीडितहरुको क्रन्दन राम्ररी सुनिनु पर्छ
गरेका र गरिने कामहरुका परिणाम यथोचित गनिनु पर्छ,
आवेग, इष्र्या र बदलाको आगो जिम्मेवारीबोधले निभाइनुपर्छ
ध्वंश र विनाशको दिशा होइन, निर्माणको मार्ग समाइनुपर्छ ।

सर्वदा कोही केही यहाँ, स्थायी हुन्न जान्नै पर्छ
देश ठूलो, जनता ठूला, यो सत्यलाई मान्नै पर्छ,
आज हुने काम कुरालृ पश्चाताप भोलि नहोस्
समाजलाई र आफ्नै लागि गलपासो सावित नहोस् ।

प्रतिक्रिया दिनुहोस्