नेचासल्यान एमालेको कांठमाडौंमा अन्तरक्रिया
काठमाडौं।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका स्थायी घर भइ विभिन्न सिलसिलामा काठमाडौंमा बसोबास रहेका नेकपा एमाले समर्थकहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ।

नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेश नं १ का प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत र जिल्ला कमिटी अध्यक्षसमेत रहेका नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको उपस्थितिमा काठमाडौंको चाबहिलमा बुधबार सम्पन्न अन्तरक्रियाका सहभागिहरुले पार्टीको सांगठनिक अवस्था र समसामयिक बिषयबस्तुबारे आ(आफ्नो धारणा व्यक्त गरेका थिए।
नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुको जिज्ञासाको उत्तर दिंदै प्रदेशसभा सदस्य बस्नेतले सोलुखुम्बुमा साहस उर्जा प्रा।लिले निर्माण गरिरहेको सोलुखोला(दुधकोशी ८६ मेघावाट जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि ल्याउन लागेको सेयर गरिबीको रेखामुनि रहेका नागरिकले पनि प्राप्त गर्न सक्नुपर्ने भन्दै त्यसका लागि साहस उर्जाले स्थानीय सरकारसंग समन्वय गरेर निर्णय गर्नुपर्ने बताउनुभयो ।
सम्बन्धित निकायसँग एक चरणको छलफल समेत भएकाको जानकारी दिंदै वहाँले सामान्य नागरिकले बैंक, स्थानीय तह वा बित्तीय संस्थाबाट सेयर धितो राखी ऋण पाउने ब्यबस्था हुनुपर्ने धारणा राख्नुभयो। ।
अन्तरक्रियामा गाउँपालिका अध्यक्ष बास्तोलाले गाउँपालिकामा हालसम्म भएको बिकास निर्माणको उपलब्धि, चुनौती र अबको कार्यभारबारे जानकारी गराउनु भएको थियो। अध्यक्ष बांस्तोलाले प्रमुख प्रशासकीय गाउपालिका भबन र वडा कार्यालयको जग्गा ब्यबस्थापन गरी चाँडै ठेक्का प्रक्रियामा जाने बताउनुभयो ।
पार्टीको आन्तरिक अभियानका क्रममा रहेको सदस्यता नवीकरण लगायतका गतिविधिमा लाग्न जिल्ला भित्रका सबै स्थानीय तहका पार्टी कमिटीलाई आव्हान गर्दै वहाँले एमाले नेचासल्यानले सदस्यता नवीकरण तथा वितरणलाई तीब्रता दिएकाले प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

