चीनले पूर्व वाणिज्यमन्त्रीसहित ७ जना अमेरिकीलाई लगायो प्रतिबन्ध



साउन ९, पेचिङ। चीनले पूर्व वाणिज्यमन्त्रीसहित सात जना अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ । पूर्व वाणिज्यमन्त्री विल्बर रससहित सात जना नागरिक र केही अमेरिकी निकायमाथि प्रतिबन्ध लगाउन लागेको हो । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि पेचिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको निर्णय सार्वजनिक गरेको हो ।

हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङका चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने टिप्पणी गरेकि छन् । अमेरिका र चीन बीच जारी व्यापार युद्ध जो बाइडनले सत्ता सम्हालेपछि पनि अझै सुधार हुन नसकेको विश्लेषण गरिएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्