ओलम्पिक उद्घाटनमा ७० देशका खेलकुदमन्त्री सहभागी हुने अपेक्षा



काठमाडौं ।जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन कार्यक्रममा १५ राष्ट्र र सङ्गठनका प्रमुख र ७० देशका खेलकुदमन्त्री सहभागी हुने अपेक्षा गरिएको छ।

जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले १५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्रीहरु उद्घाटन समारोहमा सहभागी हुने देखिएको बताएका हुन।उद्घाटनका लागि उपस्थित हुने शीर्ष नेताहरुसँग कोरोना महामारीका विषयमा समेत छलफल गर्ने अवसर मिलाउने बताइएको छ ।

महामारीले विश्वभरी पारेको असर र त्यसको सामनाका लागि अपनाउनुपर्ने उपाय, अभ्यास, अनुभव र सहयोग आदानप्रदानका सन्दर्भमा पनि कुराकानी हुने हुँदा नेताहरुको उपस्थिति उपलब्धिमूलक हुने आयोजकहरुको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्