काठमाडौंबाट ६ महिलासहित एक दर्जन जुवाडे पक्राउ



काठमाडौंको भोटेबहाल बाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधवार महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी अपील राज बोहरा नेतृत्वको टोलीले दिनेश कुमार शेरचनको घरमा रहेको जुवा खालमा छापा मारेर जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६ महिला र ६ जना पुरुष छन् । काठमाडौं घर भएकी रन्जन प्रधान, बाग्लुङ्गकी श्रृजना खत्री, धादिङ घर भएकी सरिता मल्ल गुरुङ र काभ्रेकी लक्ष्मी बानियाँ सहित १२ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट २ लाख ९१ हजार नगद र ३ लाख ७० हजार बराबरको चेक बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्