बजेटः शिक्षा र स्वास्थ्य सोलुदुधकुण्ड नगरपालिकाको प्राथमिकतामा



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु । जिल्लाको एकमात्र नगर पालिका सोलुदुधकुण्डले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामी बर्षका लागि बजेट बिनियोजन गरेको छ।

गत असार १० गते नगरसभामा पेश भएको बजेट तथा कार्यक्रमलाई शुक्रबार सार्वजनिक गर्दै नगरपालिकाले शिक्षा र स्वास्थ्यपछि कृषि,उर्जा र पूर्बाधारलाई प्राथमिकीकरण गरिएको जनाएको छ।

नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाका अनुसार कुल बजेट ६१ करोड ६३ लाख ६ हजार ९ सय ९४.६३ पैसा बजेटमध्ये शिक्षातर्फ २ करोड २६ लाख ८० हजार, स्वास्थ्य तर्फ ४ करोड ८८ लाख ५० हजार, कृषि पशुतर्फ २ करोड ३९ लाख, पूर्वाधारतर्फ १३ करोड ९३ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ।

यस्तै, उर्जातर्फ ३२ लाख, फोहोरमैला व्यवस्थापनतर्फ ७० लाख, लक्षित वर्गतर्फ ६८ लाख, विभिन्न कोषहरुमा ३५ लाख, पर्यटन प्रर्वधन कार्यक्रमका लागि २० लाख, युवा खेलकुद तथा रोजगारका लागि १ करोड २३ लाख, सामाजिक विकाश कार्यक्रम तथा पञ्जिकरणका लागि ३८ लाख विनियोजन गरिएको छ । यस्तै, वडातर्फको चालु खर्चको लागि ५५ लाख, नगरपालिको चालुतर्फ ८ करोड ८ लाख ६ हजार ९ सय ९५ रुपैँया, विविधतर्फ ८५ लाख रुपैँया बजेट विनियोजन गरिएको मेयर शेर्पाले जानकारी दिनुभयो । (फाईल फोटो)

प्रतिक्रिया दिनुहोस्