हैटीका राष्ट्रपति मोइसेको घरमै हत्या



काठमाण्डाै । ​हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमै हत्या भएको बीबीसीले जनाएको छ ।

केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्‍याे भन्ने खुलिसकेको छैन ।

राष्ट्रपति मोइसेकी श्रीमती घाइते हुनुभएको छ । मोइसे सन् २०१७ देखि हैटीको राष्ट्रपति रहनुभएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्