कोरोना भाइरसको डेल्टा स्वरूप धेरै संक्रामकः डब्ल्यूएचओ



एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) ले कोरोना भाइरसको डेल्टा स्वरूप धेरै संक्रामक भएको बताएको छ । शुक्रबार भएको प्रेस वार्तामा डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहनोम गेहब्रेयससले गरिब देशमा भ्याक्सिन नमिल्दा डेल्टा स्वरूप फैलिएको जानकारी दिए ।

उनले धनी देशले गरिब देशलाई तत्काल भ्याक्सिन दिन नचाहेको आरोप पनि लगाएका छन् । उनका अनुसार डेल्टा स्वरूप करिब ८५ देशमा फैलिरहेको छ । डब्ल्युएचओले जारी गरेको रिपोर्टअनुसार अल्फा भेरियन्ट विश्वका १७० देशमा, बिटा ११९ देशमा, गामा ७१ देशमा र डेल्टा ८५ देशमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्