संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको विपक्षी गठबन्धनको आरोप



काठमाडौं । सर्वोच्च अदालतले विस्तारित मन्त्रिमण्डल मान्य नहुने गरि गरेको फैसलापछि कांग्रेस माओवादीसहित ५ विपक्षी गठबन्धनले त्यसबारे प्रतिक्रिया जनाएको छ ।

सर्वोच्चको फैसलापछि संयुक्त विज्ञप्ति जारी गर्दै विपक्षी गठबन्धनले वर्तमान सरकार जनताको सुरक्षामा असक्षम देखिएको आरोप लगाएको छ ।

यसैगरी प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षप गर्ने, दबाव दिने र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम गर्ने बाटो अंगिकार गरेको आरोप लगाएका छन् ।

‘संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरण, कानूनको पालना र निर्धारित जिम्मेवारीको इमान्दार निर्वाह तथा राष्ट्र र जनताको सर्वोपरि हित लोकतान्त्रिक प्रणालीका मूलभूत मान्यता हुन् । जनताको सार्वभौमसत्ता र आफ्नोबारे नेपाली जनताले आफै निर्णय गर्ने पद्धतीलाई बलियो बनाउनकै लागि लामो, कठोर र बलिदानपूर्ण जनआन्दोलन र संघर्ष भएका हुन् । तर प्रधानमन्त्री र सरकार जताततै हस्तक्षेप गर्ने, दबाव दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्न बाटो अंगिकार गरेका छन् । नेपाली जनताको कष्ठपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ ’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्