यस्तो छ भीम आचार्यको एमाले एकताको सूत्र



काठमाडौं, ८ असार । नेकपा एमालेका पूर्व सचिव भीम आचार्यले पार्टी एकता जोगाउन ६ बुँदे प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै आचार्यले ९ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीलाई निशर्त प्रचलनमा ल्याउनुपर्ने बताए ।

‘गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरू खारेज गरिनुपर्छ र गरिएका सबै कामहरू अवैध घोषणा गर्नुपर्दछ,’ आचार्यको प्रस्ताव छ ।

अर्काे बुँदामा उल्लेख छ, ‘पार्टीभित्रका गुटहरूको टकरावका कारण यसबीच भयका द्वन्द्व र कामहरूको उपयुक्त समयमा समीक्षा गर्दै भएका कमीकमजोरीहरू सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्