हिमानी कोषद्वारा झापामा राहत वितरण



दमक। सामाजिक कार्यमा सक्रिय संस्था हिमानी कोषले हिजो झापाको भद्रपुर नगरपालिकाका २० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सो संस्थाले नगर क्षेत्रका अपांग, वृद्धवृद्धा, एकल महिला तथा विपन्न समुदायका परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

हिमानी कोषले भद्रपुर ६ र ७ का २० परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । कोषले प्रति परिवार २५ केजी चामल वितरण गरेको उत्तम भट्टराईले जानकारी दिनुभयो ।

कोभिड–१९ महामारी पश्चात देशभर हिमानी कोषले राहत वितरणलाई तिब्र बनाएको छ । सोही अन्तरगत हिमानी कोषको सहयोगमा भद्रपुरका विपन्न परिवारलाई राहत चामल हस्तान्तरण गरिएको हिमानी कोष झापाकी अगुवा पुनमसिंह राजवंशीले बताउनु भयो । कोषले समयानुसार आवश्यकतालाई हेरेर थप सहयोग गर्ने पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्