बजेट : थुलुङ दुधकोशीले गर्‍यो वडा गत सिलिङ निर्धारण



सोलुखुम्बु ।आगामी बर्षको बजेट निर्माणमा जुटेको थुलुङ दुधकोशी गाउँपालिकाले वडागत सिलिङ निर्धारण गरेको छ।

गाउँपालिकामा बुधबार सम्पन्न श्रोत अनुमान तथा सीमा निर्धाण समितिको बैठकले जनसङ्ख्या, भुगोल, तथा राजस्व सङ्कलन क्षमताको आधारमा वडागत सिलिङ निर्धारण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

अध्यक्ष राईका अनुसार  वडा नम्बर ९ लोखीमलाई ६७ लाख १ हजार र सबै भन्दा कम वडा नम्बर ४ जुबुले रु.४२ लाख ८२ हजार ८ सय बजेट प्राप्त गर्ने छन् ।

यस्तै वडा नम्बर १ नेलेले ६१ लाख १३ हजार, वडा नम्बर ६ मुक्लीले ६० लाख ८० हजार, वडा नम्बर ७ देउसाले रु. ५६ लाख ४१ हजार ६ सय, वडा नम्बर २ काँगेलले ५० लाख ७६ हजार ८ सय, वडा नम्बर ८ देउसाले रु.४७ लाख ७७ हजार ६०० बजेट निर्धारण गरिएको छ भने
वडा नम्बर ५ जुबुले रु. ४७ लाख ५५ हजार २ सय प्राप्त गर्दा वडा नम्बर ३ पञ्चनले रु.४५ लाख ७२ हजार प्राप्त गर्ने राईले जानकारी दिए। वडाले प्राप्त सिलिङ अनुसार योजना निर्माण गर्ने बताइएको छ ।

थुलुङ दुधकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु.४६ करोड ६२ लाख १६ हजार ७ सय बजेटको पूर्बानुमान गरेको छ। विभिन्न शिर्षकबाट उक्त रकम प्राप्त गर्ने अनुमान सहित सिमा निर्धारण गरिएको राईले बताए । संघीय सरकार मार्फत प्राप्त हुने समानिकरण अनुदान रु.१३ करोड ३४ लाख, शसर्त अनुदान रु. २३ करोड ५५ लाख, संघीय राजस्व मार्फत रु.७ करोड ६५ लाख ७ हजार र आन्तरिक राजस्व ६० लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश समानिकरण अनुदान रु.७८ लाख १६ हजार र रु.१ करोड अ.ल्या रकम रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्