अझै तीन दिन मुलुकका अधिकांश भागमा पानी पर्ने पूर्बानुमान



काठमाडौं।बिहीबार पनि देशभर पनि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेकाले देशभर बदली छ। दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ का एक-दुई भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार पनि देशका अधिकांश स्थानमा पानी पर्ने छ। सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुनेछ।

शनिबार पनि बदली रहनेछ, भने देशका धेरे स्थानमा पानी पर्नेछ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

मनसुन देशभर सक्रिय रहेकाले तत्काल सुधार नहुने माैसमविदहरुले बताएका छन्। २८ जेठमा भित्रिएकाे मनसुनका कारण देशभर वर्षा हुँदा डेढ दर्जन बढी जिल्लामा बाढीपहिराेबाट ६ जनाकाे ज्यान गइसकेकाे छ। एक सय घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्।

प्रतिक्रिया दिनुहोस्