ठगी मुद्दामा महात्मा गान्धीकि पनातिनीलाई ७ बर्षको जेल सजाय



भारतको स्वतन्त्रता संग्रामका नायक महात्मा गान्धीकी पनातिनी आशिषलता रामगोविनलाई ठगी र कीर्तेको आरोपमा दोषी पाइएपछि सात वर्षको कारावास सजाय दिइएको छ ।

दक्षिण अफ्रिकाको डरबनमा रहेको अदालतले सोमवार उनलाई सजाय दिएको हो ।

रामगोविन इन्टरनेसनल सेन्टर फर ननभायलेन्स नामक एनजीओको सहभागितामूलक विकास पहलकी कार्यकारी निर्देशक थिइन् ।

५६ वर्षीया रामगोविनकी आमा एला गान्धी हुन् भने बुवा मेवा रामगोविन हुन् । उनले व्यापारी एसआर महाराजलाई ६२ लाख र्‍यान्डको ठगी गरेको पाइएको हो ।

राष्ट्रिय अभियोजन प्राधिकरणका ब्रिगेडियर हाङ्वानी मुलाउद्जीका अनुसार, रामगोविनले भारतबाट लिनेनका तीनवटा जहाज आउन लागेको भनी महाराजलाई कीर्ते कागजात देखाएर पैसा दिन विश्वस्त तुल्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्