१२४ बर्षीय महिलाले लगाईन कोरोना बिरुद्धको खोप



श्रीनगर।भारतस्थित जम्मू-कश्मीरमा एक १२४ वर्षीया वृद्धालाई कोरोनाविरुद्धको खोप दिइएको छ।

जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाका अनुसार बिहीबार बारामुल्लाकी रेहती बेगमलाई खोपको पहिलो डोज दिइएको हो।

बेगम कोरोना खोप लिने सबैभन्दा पाको महिला बनेकी छिन्। बारामुलास्थित शार्कवाराको प्राथमिक स्वास्थ्य सेवा केन्द्रका मेडिकल अफिसर ताजमुल मलिकले भने, ‘हामी दुई हप्तादेखि ढोका-ढोका खोप अभियान सञ्चालन गरिरहेका छौं। हामीले १२४ वर्षीया महिलालाई खोप लगायौं। उनी स्वस्थ्य छिन्।’

बेगम पछिल्लो बीस वर्षदेखि कान्छो छोरासँग बस्दै आएकी छिन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्