अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई कोभिड-१९ खोप उपलब्ध गराउने



काठमाडौं । अमेरिकाले नेपालसहित कोरोना महामारीसँग जुधिरहेका १६ एसियाली मुलुकलाई कोभिड-१९ खोप उपलब्ध गराउने घोषणा गरेको छ।

नेपालस्थित् अमेरिकी दूतावासले जनाए अनुसार विश्वव्यापी रूपमा नै कोभीड-१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड-१९ भ्याक्सीन सहयोगको घोषणा गरेका हुन।

कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभीड्-१९ भ्याक्सीन प्राप्त गर्नेछन्। हामी सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ।”

प्रतिक्रिया दिनुहोस्