प्रेस काउन्सिल नेपालको अध्यक्षमा बस्नेत

काठमाडौं। प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो।

लामो समयसम्म कान्तिपुर दैनिकमा आवद्द बस्नेत हाल नेपाल टेलिभिजनको बोर्ड सदस्य र खुला नेपाल.कमका सम्पादक हुन।
तत्कालीन अध्यक्ष भवानी बराललाई सर्वोच्च अदालतले कामकाजमा रोक लगाएपछि काउन्सिल कार्यवहाक अध्यक्षका भरमा चल्दै आएको थियो। केही समयअघि दुर्गा भण्डारीलाई अध्यक्ष नियुक्त गरिए पनि सर्वोच्च अदालतले नै अन्तरिम आदेश जारी गरेर काम गर्न रोक लगाएको थियो।
हाल काउन्सिलको वरिष्ठ सदस्यका हैसियतमा गोपाल बुढाथोकी कार्यवहाक अध्यक्ष छन्।

