सबै विभागमा १५ प्रतिशत एसियाली नियुक्त गर्न बाइडेनका आदेश



काठमाडौं। अमेरिकामा भेदभावको शिकार भइरहेका एसियाली मूलका मानिसहरुको सुधारको लागि राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशमार्फत आयोग बनाउने भएका छन् । यो आयोगले सार्वजनिक, निजी र गैर नाफामूलक क्षेत्र मिलेर कसरी एसियाली समुदायको सुधारको लागि काम गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रपतिलाई सल्लाह दिनेछ । यसका साथै राष्ट्रपति हरेक विभागमा १५ प्रतिशत एसियाली अमेरिकीहरुलाई नियुक्त गर्न आदेश दिएका छन् । यसका साथै ह्वाइट हाउसमा एक बरिष्ठ सम्पर्क अधिकारी नियुत्तः गरिनेछ जसले यो समुदायको लागि काम गर्नेछन् ।

विगत केही महिनायता अमेरिकामा एसियाली मूलका मानिसहरुविरुद्ध हिंसार भेदभावका घटना बढेका छन् । गत वर्ष यस्ता ६ हजार ६ सय घटना भएका थिए । यही कारण अमेरिकी सरकारले एसियाली अमेरिकीहरुविरुद्ध पूर्वाग्रह र घृणा रोक्न शोधको लागि लगानी पनि गर्ने भएको छ । संघीय कार्यक्रम र योजनाहरुलाई यो समूहसम्म पुर्याउनको लागि भाषा जान्नेहरुलाई भर्ना गरिनेछ । अहिले अमेरिकाको नेशनल साइन्स फउन्डेसनले यस्ता १०० कार्यक्रमको लागि लगानी गरिरहेको छ । यसको लागि फाउन्डेसनले २ अर्ब ३८ करोड लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्