फेरि भेटियो अर्को भाइरस, जुन हावाबाटै छिटो सर्छ



एजेन्सी । भियतनामको सरकारी सुत्रले हावाबाट समेत छिटो सर्ने नयाँ प्रकारको कोरोना भाइरस फेला परेको दावी गरेको छ । यो भाइरस भारतिय र वेलायती कोभिड-१९ को नयाँ विकसित स्वरुप अर्थात भेरियन्टहरु मिलेर बनेको भियतनामी स्वास्थ मन्त्रालयले शनिवार जनाएको हो । गत वर्षको अधिकांश समय कोरोना भाइरसलाई नियनत्रणमा राख्न सफल भियतनाममा गत अप्रिलको उत्तरार्ध देखि संक्रमितको संङ्ख्या बढेने क्रममा छ । अहिले सम्म संक्रमित कूल सङ्ख्या ६ हजार ८ सय ५६ मध्ये आधा भन्दा बढि अप्रिलपछि देखिएका हुन् ।

भियतनाममा सरकारी आधिकारिक तथ्यांक अनुसार मृतक संक्रमितको संख्या भने ४७ रहेको छ । स्वास्थमन्त्री गुयन थान्ह लोंगले पत्रकारहरुलाई भनेका छन् , ‘ भियतनाममा पहिलो पटक भारत र संयुक्त अधिराज्यमा देखिएका कोभिड १९ का भेरियनटका विशेषताहरु मिलेर बनेको नयाँ भेरियन्ट फेला परेको हो । यसलाई ति दुई भेरियन्टको वर्णशंकर अर्थात हाइब्रिड मान्न सकिन्छ । शुरुमा युके भेरियन्टबाट म्युटेसन भएर बनेको नयाँ इन्डियन भेरियन्ट निकै खतरनाक रहेको छ । ’

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार दक्षिणपुर्वी एसियाली मुलुक भियतनाममा यसअघि सात प्रकारका अर्थात बि.१.२२२ , बि.१.६१९ , डि६१४जि र बि.१.१.७ नामक युके भेरियन्ट र बि.१.३५१ , ए.२३.१ र बि.१.६१२.२ नामक इन्डियन भेरियन्ट फेला परेको थियो ।

लोंगले यथशिघ्र छिटै नै यस नयाँ भेरियन्टको आनुवंशिक स्वरुप र तथ्यांक सार्वजनिक गरिने पनि बताएका छन् । उनले यो अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा छिटो सर्ने खालको भेरियन्ट भएको जानकारी दिएका छन् । अहिले सम्म विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले विश्वको चिन्ताको प्रमुख विषय रहेको सार्स –कोभ–२ को चारवटा भेरियन्टको पहिचान गरेको छ । तिनीहरु भारत , वेलयात , दक्षिण अफ्रिका र ब्राजिलमा पहिलोचोटि देखिएका भेरियन्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्