चार मुक्तक



चुडामणी दाहाल

[१]

तिमी महलमा नै बस जनतालाई बास छैन
८४ ब्यान्जन तिमिलाइ,जनतालाई गाँस छैन
नव राजा र प्रजामा फरक त पर्ने नै भयाे नि
पुगाे अब जनतालाई तिमिबाट कुनै
आश छैन

[ २ ]

मिलनको अर्थ के हुन्थ्याे होला र बिछाेड नै नभए
प्रेमिल गन्थनको अर्थ के हुन्थ्यो र निचाेड नै नभए
जीवन यात्रा पनि कत्ति निरस हुन्थ्यो होला सायद
यात्रामा उकाली ओराली हिंडिरहँदा माेड नै नभए

[ ३ ]

कागजको फूलमा स्प्रे गरेको टिक्दैन सुगन्ध
कस्तुरीले मृत्यु पश्चात् पनि झिक्दैन सुगन्ध
कलियुग न हो असल कर्मको मूल्य कहाँ छ र
दुर्गन्धको बजार राम्रो छ यहाँ बिक्दैन सुगन्ध

[ ४ ]

दिल भित्र लागेको घाउमा खाटाे बसेन कहिले
खरानिको डाेरीले दुई मुटुलाई कसेन कहिले
बीउ अनुसार फल फल्न जरुरी रैनछ कलिमा
दूध पिएर सर्पको मुखबाट अमृत खसेन कहिले

ललितपुर-१५

प्रतिक्रिया दिनुहोस्