कविता : म मरेँ भने



–वैरागी जेठा

यतिखेर एउटा मार्चपासमा छु
नयाँलडाईँकासाथ
प्यालेष्टिायनको भूमीमा जस्तै
युद्धलडिरहेछु
जितिन्छकी हारिन्छ भन्न सकिन्न
जित्नका लागी लडिरहेछु
युद्धको म्याराथुनमा छु
साथी फर्किन्छु ,फर्किन्न
आफ्नो निवास ।
आकाशमा स्यामहरु दौडीरहेछन्
धर्तीको वायुमण्डलमा अक्सिजन छैन
साथी !
काठमाण्डौँको काँठको भित्तामा कुदीरहेको
पहिँला ,राता डोजरहरुलाई सोध
ऊ एकनास भत्काइरहेछ
गरीब काँठको थुम्को
पहिला पहिला किसानले जोत्थ्यो
आज डोजरले जोत्छ
अखबार छाप्दैन यस्तो समाचार
काठमाण्डौँले दैनिक हारिरहेछ
ज्यापुहरुले हारे
कँक्रिटका जंगलले जितिरहेपछि
सहजै कोरना अघिबढ्यो
किसिम किसिमका शैलीमा
साथी !
विनसित्तिका मन्छेहरु
ओहर दोहर गरिरहेछन्
कुदाएकाछन् ऋणका पाड.्ग्राहरु
कानका जाली फुटाएर
छिरमिरे उज्याले हुनलागेको समय
टुँडालमा आएर चिच्याउँछ हाप्सिलो
आफू व्यूँझिँदा
एकोहोरो शंख फुकेर
बाटोमा दौडिरहेका हुन्छन्
जसरी हिँड्नु पर्ने हो ,अखवारहरु
त्यसरी हिँड्न सकेका छैनन्
पेटीमा लम्पसारहरु
लम्पसारिएकै छन्
पैसा पैसामा सुत्नेहरु
गल्र्याम्म गुर्लम्म ढलिरहेछन्
खेल बुझ्न कठिन छ
यो समय ।
म मरे भने
मेरो करेसामा
पारिजात ,धुपी र समी रोपिदिनु
मेरो साथी ।
मेरो दायित्व स्पाती मैदानमा उत्रनु हो
मेरो कर्तव्य पालना गर्नुपर्छ
साथी , म मरे भने
कदापी आँसु नबगाउँनु ।

प्रतिक्रिया दिनुहोस्