बहराइनका राजकुमारले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ।

राजकुमार खालिफा सहितको १६ जनाको टोलीले मंगलबार विहान सगरमाथाको सफल आरोहण गरेको हो। बिहान साढे ५ देखि साढे ६: ४५ बजेको बीचमा राजकुमार खालिफासहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको हो।
यो नै सन् २०२१ को बसन्त ऋतुको विदेशी टोलीको पहिलो सगरमाथा आरोहण भएको सभेन समिट ट्रेकर्सले जनाएको छ।
राजकुमारको टोली २१ मार्चमा नेपाल आएको थिए। उनीहरुको टोलीले मनास्लु र ल्बुचे पनि आरोहण गरिसकेको छ।

