कोरोना कहर : स्थानीय सरकारलाई श्रोत-साधनबिहिन बनाइएको अध्यक्ष राईको गुनासो



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका युवा नेता असिम राइले आफ्नो संबैधानिक अधिकार प्रयोगमा आउने कसैको दवाव र प्रभाव अस्वीकार्य रहेको बताएका छन।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका निर्बाचित अध्यक्ष राईले बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्बाह गर्नुपर्ने स्थानीय तहलाई श्रोत-साधन बिहिन बनाईएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सो कुरा बताएका हुन।

स्थानीय सरकारको भुमिकालाई गौण बनाउने संघीय सरकारको पछिल्लो रबैले संक्रमणको स्थिति झन भयावह र बिष्फोटक हुनसक्ने आशंका व्यक्त गर्दै सामाजिक सन्जाल फेसबुकमार्फत अध्यक्ष राईले सरकार लगायत सरोकारवालाहरुले विपतसँग लड्न कुनै किसिमको पूर्ब तयारी नगरेकोमा आश्चर्य प्रकट गरेका छन् ।

स्वास्थ्य संयन्त्र निकम्मा हुँदा समेत सरकार मुकदर्शक बनिरहेको आरोप लगाउंदै राइले भनेका छन्- ‘मुख्य भुमिका हुनुपर्ने स्थानीय सरकारलाई स्रोत, साधन र जिम्मेवारीबिहिन बनाउँदा भयावह स्थिति सृजना नहोला भन्न सकिन्न।’

थुलुङ दुधकोशी गाउँपालिकाले आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न हिँजो पनि कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै थुलुङ आज पनि उत्तिकै जिम्मेवार रहेको राइको स्पस्टोक्ती छ।यसै सन्दर्भमा गाउँपालिकाको तुम्सेमा हेल्थ डेस्क स्थापना गरिएको जानकारी पनि अध्यक्ष राईले फेसबुकमार्फत गराएका छन्।

बन्दाबन्दी कोरोना महामारी नियन्त्रणको दीर्घकालीन र भरपर्दो माध्यम नभएको स्पस्ट पार्दै उनले यसबिरुद्दको लडाइँ जित्न स्वयं नागरिक सचेत हुनुको विकल्प नरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्