पछिल्लो चौबीस घण्टामा भारतमा थपिए चार लाख नयां संक्रमित



एजेन्सी, १८ बैशाख । पछिल्लो पटक भारतमा कोरोना भाइरस अनियन्त्रित बन्दै गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी नयाँ सक्रमित थपिएका छन् ।

योसँगै भारत विश्वमै एकै दिन चार लाख नयाँ संक्रमित थपिएको पहिलो मुलुक बन्न पुगेको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार पछिल्लो २४ घण्टामा ४ लाख एक हजार ९९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा तीन हजार ५ सय २३ जना संक्रमितको ज्यान गएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरसँगै राजधानी नयाँ दिल्ली र महाराष्ट्र कोरोनाको हटस्पट बनिरहेका छन् । दिल्लीमा पछिल्लो २४ घण्टामा २७ हजार ४७ जना नयाँ संक्रमित थपिएको र तीन सय ७५ जनाको ज्यान गएको छ । त्यस्तै महाराष्ट्रमा ६२ हजार ९१९ नयाँ संक्रमित थपिएको र आठ सय २८ जना संक्रमितको मृत्यु भएको छ ।

आजदेखि भारतमा तेस्रो चरणको खोप अभियान सुरु भएको छ । त्यहाँ आजबाट १८ देखि ४५ वर्षका मानिसलाई कोरोनाविरुद्धको खोप लगाइने छ । तर कैयौं राज्यहरु खोपको अभाव भएकाले आजबाट सुरु हुने खोप कार्यक्रम पूर्ण रुपमा सञ्चालन गर्न असमर्थ रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्